किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाले छल्लादो प्रान्तमा आफ्नो शाखा विस्तार गरेको छ। आज सम्पन्न चुम्लुङ शाखा गठन कार्यक्रमबाट गणेश लिम्बूलाई सर्वसम्मत अध्यक्षमा चयन गर्दै ३१ सदस्यीय कार्यसमिती निर्माण गरेको हो। चुम्लुङ कोरियाले बुसान, थेगु र जेजुदोमा यस अघि नै शाखा गठन गरिसकेको छ।
किरात याक्थुङ चुम्लुङका अध्यक्ष दिर्ज काङ्भा चुम्लुङ तुम्याहाङ संयोजक रहेको तुम्याहाङ प्रणालीबाट समिती गठन गरेको थियो। आजको सभाले वरिष्ठ उपाध्यक्षमा सुनिल फोम्बो उपाध्यक्षमा सुरेश आङ्देम्बे, दिप सेर्मा र दिवश लिम्बू लाई चयन गरेको छ।
महिला उपाध्यक्ष - सिर्जना माबो , सचिब - भुपेन्द्र फागो सह- सचिब - सुरज योङहाङ , कोषाध्यक्ष - लक्षिया लिम्बू र सह- कोषाध्यक्ष राजन लिम्बू रहेका छन्। यसैगरी सदस्यहरुमा पेप राज माबोहाङ , मोहन लिम्बू , समराज लाबुङ , सोलु लिम्बू , गोपाल लिम्बू , सुरेन्द्र निङ्लेखु , मिङ्सो लिम्बू , सन्जिब सौदेन , मिराक नेम्बाङ , सोभाहाङ लिम्बू , निसान आङ्देम्बे , बिराट फागो , बिजय शेर्मा , रबिन लिम्बू , प्रेम साबा लिम्बू , निशान लिम्बू , गगन लिम्बू , सबिन तावा , याम मोरोहाङ र बसन्त लिम्बू रहेका छन्। सल्लाहकारमा शान्तिला पालुङवा मुना लिम्बू शेशेफुङ शेर्मा दिलिप लावती पनि चयन भएका छन्।