दक्षिण कोरियामा याक्थुङ लिम्बू समुदायको सामाजिक संस्था स्थापनाको निकै लामो इतिहास रहेको छ । नेपाली हरु कामदार भिसामा दक्षिण कोरिया आउन थाले संगै याक्थुङ/ लिम्बू समुदायको उपस्थिति देखिए पनि एकदमै कम संख्यामा भेटिन्थे,अथवा भनौँ दक्षिण कोरिया भित्रनु अहिले जस्तो सहज परिस्थिति पक्कै थिएन । प्रवासमा रहँदा आफ्नो जन्म भुमी, घर परिवार ,साथी संगिको विछट्टै यादमा डुब्नु पर्ने बाध्यता रहन्छ ।
लापातमा घन्कने या: लाक का भाका हरु, तेन्धाम मेखिममा घन्कने के लाङका धुनहरु,अग्रज बुढा पाका हरुले समय विशेषमा गाउने गरेका हक्पारे साम्लो आदि सम्झदै दिन हरु काट्नु पर्ने वाध्यता रहन्छ । परदेशको यो पारिवारिक,सामाजिक एक्लोपन बाट केही हदसम्म आफ्नो याक्थुङ समुदायका दाजु भाइ दिदिबहिनी हरु संग नजिक रहन र संगठित रुपमा रहन याक्थुङ लिम्बू समुदायको आफ्नो संस्था अपरीहार्य ठानिएकोले अग्रज व्यक्तित्व द्वय श्री काजिमान खापुङ र श्री शम्शेर पंधाक ज्युको पहलमा सन २००० मा " याक्थुङ सेवा समिती" संस्था खडा गरिएको थियो। र पछि सन २००५ मा कि. या .चु केन्द्र नेपाल संग समन्वय गरि यो संस्था आधिकारिक रुपमा प्रवास समितिको रुपमा " कि.या. चु दक्षिण कोरिया" स्थापना भएको हो र हाल यो संस्था १२औं कार्यसमिति अन्तरगत चलिरहेकोछ।
दक्षिण कोरियामा दिनानुदिन नेपाली दाजु भाइ दिदी बहिनीहरु को आगमन बढे संगै याक्थुङ लिम्बू दाजु भाइ दिदी बहिनिहरु को पनि बाक्लो उपस्थिति भइरहेको छ। फल स्वरुप द कोरियामा कि या चु कोरिया सउल लाई केन्द्र मानी अरु ३ क्षेत्रीय साखाहरुको आवश्यकता महसुस गरि विधिवत रुपमा सन २०१४ मा चित्र आङ्देम्बेको पहलमा कि.या.चु बुसान शाखा,२०१८ मा सुभद्रा पालुङ्वाको पहलमा कि. या. चु. छेजु शाखा, र सन २०२४ मा गणेश लिम्बू को नेतृत्वमा छल्लादो शाखा स्थापना भएका छन। क्षेत्रगत हिसाबले त्यस वरिपरि रहनु भएका याक्थुङ लिम्बू दाजु भाइ दिदिबहिनी हरुलाइ संस्थामा आवद्ध गरि संगठित हुन पहल गर्दै भैइपरी आउने अनेकौं समस्या समाधान गर्दै आइ रहेको छ ।
कोरियामा १२ भन्दा बढी जातिय तथा दर्जनौं क्षेत्रिय कृयाशिल संस्थाहरु माझ कि.या.चु.कोरियाले पनि आफ्नो सशक्त उपस्थिति जनाउदै विभिन्न सामाजिक कार्यहरु गर्दै आइ रहेको छ। जस अन्तर्गत कि.या. चु. कोरियाले विगत देखि नै कोरियामा नेपाली दाजु भाइ , दिदी बहिनी हरुका अफ्ठ्यारा समस्या हरुमा हातेमालो गर्दै आइरहेको छ । सामाजिक सेवाभावका कार्य हरुमा पनि संस्था लाई समाहित गर्दै सन २००८ बाट निरन्तर रुपमा कि.या.चु.कोरिया सौलले सेल्टर संचालन गरिरहेकोछ। त्यसै गरि कि.या. चु. बुसान साखा द्वारा पनि खिम्हेमा सेल्टर संचालन गरिरहेकोछ । याक्थुङ लिम्बू समुदायको आफ्नो भाषा, लिपि, भेष-भुसा,मौलिक संस्कार संस्कृति अरु सामु चिनाउने यश संस्था को मुख्य उद्देश्य भएता पनि आफ्नो पहिचान र अस्तित्वको निम्ति नेपालको राजनीतिक परिघटना संग पनि कियाचु नेपाल संग पहिचान स्थापित गर्न हातेमालो गर्दै अघि बढीरहेकोछ। हाम्रो भाषा, भेष भुषा , संस्कार ,संस्कृति नरहे हामी रहन्नौँ। र हाम्रो अस्तित्व पनि रहन्न ।
बाहिरी संस्कृतिको प्रभाव बाट आज हाम्रो आफ्नो अस्तित्व संकट मा छ । यस्तो बेलामा हामी याक्थुङ् यूवा पुस्ता सचेत रहँदै भावी पुस्तालाई आफ्नो मौलिक संस्कार संस्कृति प्रतीको मोह जगाउन रचनात्मक भुमिका खेल्न सकिन्छ कि! भन्ने हाम्रो प्रयास पनि जारी नै छ । संस्थाले गर्ने हरेक गतिविधि लाई प्रविधि संग जोड्न र भए गरेका काम हरुलाइ दस्तावेजका रुपमा कैद गर्नको लागि यो वेबसाईट निमाण गरिएकोहो। संस्थागत गतिविधि लाई नजिक बाट नियाल्न तथा कोरियामा रहनु भएका तथा नव आगान्तुक याक्थुङ लिम्बू समुदाय लाई कि.या.चु.दक्षिण कोरिया संस्था सम्म जोडिन यश वेबसाईटले महत्त्वपूर्ण भुमिका खेल्ने पनि बिश्वास लिएकोछौं।
अन्तमा कि.या.चु. दक्षिण कोरिया लाइ यहाँ सम्म पुर्याउनु महत्वपूर्ण भुमिका खेल्नु हुने पुर्व अध्यक्ष ज्यु हरु, सम्पूर्ण अग्रज ज्युहरु लगायत संस्थामा आबद्धता जनाउनु हुने सम्पूर्णमा हार्दिक धन्यवाद तथा आभार ब्यक्त गर्दछौं। नुगेन सेवारो
( कि.या. चु. दक्षिण कोरिया १२औं कार्यसमिति )