किरात याक्थुङ चुम्लुङ दक्षिण कोरिय १२औ कार्य समितीको अध्यक्ष दिर्ज काङभा ज्यूको सभाध्यक्षमा २ मे २०२३ मा बसेको बैठकले अर्जुन तुम्बापो को संयोजकत्वमा अर्जुन सेन्दाङ र माया पोमू गरी ३ सदस्य रहेर सिरिजगा लिपि लिम्बू भाषा र लिपि प्रशिक्षण कार्यक्रम गर्ने निर्णय बमोजिम २० मे २०२३ बाट सुरू गर्ने निश्चय भएको थियो ।
निश्चय नै कयौ इतिहास नश्लयवादी चिन्तन भएकाले मासिए दिए भन्ने कयौ इतिहास हामी आफैले हराउदै छौ तसर्थ हाम्रो लिपी हराए हाम्रो भाषा हराउछ, हाम्रो भाषा हराए हाम्रो अस्तित्व हराउछ, हाम्रो अस्तित्व हराए हाम्रो पहिचान हराउछ, हाम्रो पहिचान हराए हामी हराउछौ, हाम्रो सस्कार, सस्कृति, भाषा, धर्म, रितिरिवाज, कला, मुन्धुम र साहित्य आदी ईत्यादी को अन्त्य अर्थात् हराएर जान्छ ।
त्यसैले हामी पनि सिकौ अनि हाम्रो सन्तति र समुदाय लाई पनि सिकाऊ भन्ने मूल उदेश्य का साथ सो निर्णय अनुसार १४ हप्ता प्रत्येक हप्ताको आईतबार साँझ कोरियन समय ८-१० बजे सम्म गत २० मे २०२३ देखि २१ अगष्ट २०२३ सम्ममा Alpine University Sikim का प्रोफेसर कर्ण हाङ ताम्लिङ बाट सम्पन गर्ने गरी पहिलो कक्षा संचालन गरिएको थियो भने दोस्रो कक्षा संचालन बिशेष कार्यक्रम, कार्यक्रम प्रस्तोता तथा निर्माता, लिम्बू साहित्यकार, शिक्षक निषेश आङदेम्बे र लिम्बुवानी अध्ययन केन्द्रको संस्थापक सदस्य सचिब/पत्रकारिताको लेक्चर तथा डकुमेन्टरी निर्देशक बिष्णु माया सिङघक ज्यूहरु बाट हामीले गत महिनाको ०७ अक्टोबर २०२३ शनिबार बाट २९ अक्टोबर आईतबार सम्म प्रत्येक हप्ता को शनिबार र आईतबार गरी ८ दिनमा बिशेष कक्षा सम्पन्न भएको थियो ।
पहिलो कक्षा सहभागी ७० जना उत्साजनक सुरूवात रहेता पनि बिभिन्न प्राबिधिक समस्या को कारण अन्तिम समय सम्ममा २२ जनाले उपस्थित जनाएर धेरै राम्रो लाभ लिनु भएको महसुस गरेको छौ । दोस्रो बिशेष कक्षा संचालनमा जम्मा ३६ जना सहभागीता रहेकोमा अन्तमा १६ जनाले तोकिएको नियम परिधि भित्र रहेर कक्षा पूरा गरी लाभ लिएकाहरु लाई समापन कार्यक्रम ०५ नोभेम्बर २०२३ मा संघीय अध्यक्ष प्रेम एक्तेन ज्यू को प्रमुख आतिथ्यतामा PDF फाइल बनाएर अनलाइन मार्फत प्रमाण पत्र बितरण गरिएको थियो ।