तिलबिक्रम नेम्बाङ (बैरागी काइला) द्वारा सिरिजंगा लिपिको युनिकोड  किबोर्डको सार्बजानिक


किरात सिरिजंगा लिपिको युनिकोड  किबोर्ड (किलेआउट) 2024  नोभेम्बर 1 शुक्रबार अन्लाइन भर्चुअल कार्यक्रम गरेर सार्बजनिक गरियो। किरात याक्थुङ चुम्लुङ नेपाल र किरात याक्थुङ चुम्लुङ् कोरियाको संयुक्त आयोजनमा नेपाल प्रज्ञाप्रतिष्ठानका पुर्व कुलपति तिलबिक्रम नेम्बाङ (बैरागी काइला)को प्रमुख आतिथ्यमा वहाँ  द्वारा युनिकोड किलेआउट सार्बजानिक कार्यक्रमको ब्यानर वाचन गरेर कार्यक्रमको समुद्धघाटन गर्नु भएको थियो । उक्त कि लेआउटको  प्रयोग,डाउनलोड गर्ने तरिका, तथा प्राबिधिक विषय बारेमा यश कि लेआउटको प्राबिधि बिग्य पवन चित्रकारले ब्याख्या गर्नु भएको थियो। किरात याक्थुङ चुम्लुङ कोरियाको आर्थिक लगानी तथा किरात याक्थुङ चुम्लुङ नेपालको ब्याबस्थापनमा यो काम सम्पन्न भएकोहो। यस कि लेआउट डाउनलोड गर्नको लागि तल दिएको लिङ्कमा क्लिक गरि सित्तैमा डाउनलोड गरेर प्रयोग गर्नु सकिनेछ।

https://www.hamroschool.com/YakthungKeylayout.zip

 

 अथवा तल डाउनलोड सेक्सनमा गई त्यहा दिइएको लिङकमा क्लिक गरि डाउनलोड गरेर प्रयोग गर्न सकिन्छ ।

Write your comment