
किरात याक्थुङ चुम्लुङ, दक्षिण कोरिया
Kirat Yakthung Chumlung, South Korea
२६ भदौ २०८३ शुक्रबार | 11 Sep 2026 Fri


नेपाली राजदूतावास दक्षिण कोरियाका लागि नव नियुक्त राजदूत महामहिम डा शिव माया तुम्बाहाङ्फेलाई किरात याक्थुङ चुम्लुङ कोरियाले स्वागत गरेको छ। उहाँ आज इन्छन अन्तराष्ट्रीय विमानस्थलमा अवतरण गर्नु भएको थियो।
महामहिमको स्वागतार्थ चुम्लुङ कोरियाका अध्यक्ष विनोद सौदेन, एन आर एन कोरियाका उपाध्यक्ष एवं चुम्लुङ सल्लाहकार सुनिल कन्दङ्वा, सल्लाहकारद्वय सन्तोष खेवा र रोहन सुब्बा उपस्थित हुनुहुन्थ्यो।
उहाँले गत पौष ८ गते राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पद तथा गोपनियताको सपथ ग्रहण गर्नुभएको थियो। उहाँ भूतपूर्व उप सभामुख हुन भने कानून मन्त्री समेत रहेर जिम्मेवारी सम्हालिसक्नु भएकि छन्।