किरात याक्थुङ चुम्लुङ कोरियाले आगामी छुसक (कोरिएन मुख्य चाड)को दोस्रो दिन अर्थात सेप्टेम्बर 16 तारिख साँझ छेवाङ लामा र याक्थुङ कलाकार हरुको साथमा "याक्थुङ रैथाने मेलोडी साँझ" गर्ने भएकोछ। सन 2008 देखि कोरियामा काम छोडेर बेरोजगारी रहुन्जेल सम्म बस्नकोलागी चुम्लुङ हिम/शेल्टर निरन्तर रुपमा सन्चालन गर्दै हजारौं(पुर्व मेची देखि पश्चिम महाकाली सम्म) नेपाली लाई आस्रित गरिरहेको चुम्लुङ हिम/ शेल्टर ब्यबस्थापनार्थको लागि उक्त कार्यक्रम गर्न लागिएको हो। हामी यहि शेल्टर लाई निरन्तरता दिन चाहन्छौं । हरेक महिनाको शेल्टरको अपुग खर्च चुम्लुङ्ले 2देखि 3 लाख वोन सम्म ब्यहोर्दै आइरहेकोछ अब हामी यसलाइ अझ ब्यवस्थित गर्न चाहान्छौं।
महिना दिन पछि आउन लागेको कोरियाको प्रमुख चाड छुसकको अवसर पारेर हामी पृथक किसिमको कार्यक्रम गर्दैछौं। याक्थुङ कलाकार हरुको याक्थुङ रैथाने संगीत हरु पालाम,हाक्पारे,ख्याली,केलाङ त्यस्तै द भोइस अफ किडको कोच छेवाङ लामा द्वारा सुमधुर संगीत देखि नयाँ पुस्तालाई DJ छिरिङको डान्सिङ नम्बरले सेप्टेम्बर 16 तारिख लाई उज्यालो पार्ने गरी "याक्थुङ रैथाने मेलोडी साँझ" को आयोजना गरिन लागिएको हो । रैथाने संगीत देखि आधुनिक संगीतको साथमा रैथाने याक्थुङ/ लिम्बू परिकार याङ्बेन,वाम्युक( तिते) र सर्गेम्बा सम्मको स्वाद चखाएर उपस्थित दर्शकको मन जित्ने गरिको तयारी गरिसकिएकोले कोरियामा रहनु हुने सम्पूर्ण नेपाली लाई यो पृथक ( रैथाने&आधुनिक फ्युजन)कार्यक्रममा उपस्थित भइ कार्यक्रमको उद्धेश्यको सहारा बनिदिनहुन आग्रह गर्दछौं ।