किरात याक्थुङ चुम्लुङ दक्षिण कोरिया, कियाचु बुसान, कियाचु जेजुदो र कियाचु छल्लादो शाखाको संयुक्त अभियान रहेको "किरात सिरिजङ्गा लिपि युनिकोड निर्माण सहयोगार्थ" बाट संकलित रकम कियाचु संघिय नेपाललाई २७ लाख २ हजार ६ सय रुपैयाँ हस्तान्तरण गरिएको छ।
कियाचु छल्लादो शाखाका अध्यक्ष गणेश लिम्बू र सचिव भुपेन्द्र फागोले संयुक्त रुपमा संघिय अध्यक्ष प्रेम येक्तेनलाई चेक हस्तान्तरण गरेका थिए। चेक हस्तान्तरण कार्यक्रममा कियाचू संघिय महासचिव निरन्ती तुम्बापो कोषाध्यक्ष अमर तुम्याङ लगायत तुम्याहाङहरुको उपस्थिति रहेको थियो।
कियाचू संघिय नेपाल, कियाचु कोरिया केन्द्र, साथै बुसान, जेजुदो र छल्लादो शाखाबाट संयुक्त रुपमा "किरात सिरिजङ्गा लिपि युनिकोड विकाष कोष" निर्माण गरि प्रावधिक कामलाई यथासिघ्र थालिने भएको छ।
युनिकोड निर्माण पश्चात सरल र सहज रुपमा विभिन्न विद्युतिय उपकरण (मोबाइल, कम्प्युटर आदिमा) लिम्बू भाषामा लिपि टाइप गर्न सकिने छ। यसैगरी यक्थुङ लिम्बू जातिको इतिहास दस्तावेज भाषा आदिको सम्वर्द्धन साथै अभिलेखिकरण गर्न सहज हुनेछ।