कोरियामा एकै साथ ५ शहरमा प्रदशन हुने


गत वर्षको बैशाखमा प्रदर्शन भएको फिल्म ‘जारी’बाट निर्देशनमा  डेब्यू गरेका कवि उपेन्द्र सुब्बाको दोश्रो निर्देशकिय बहुप्रतिक्षित चलचित्र “मनसरा” दक्षिण कोरियाको 5 सहरमा पनि मे ५ तारिखका दिन एकैपटक प्रदर्शन हुने भएको छ।

सिरिजंगा लिपि युनिकोड निर्माणार्थ सहयोगको लागि कोरियाको सउल,बुशान,सुवन,छल्लादो र जेजुदो मा प्रदर्शनीको तयारीमा रहेकोछ। किरात याक्थुम चुम्लुङ दक्षिण कोरिया केन्द्र तथा ३  शाखाको संयुक्त र  नेपाल आदिवासी जनजाति महासंघ द.कोरिया (जातीय संस्था) र पूर्वाञ्चल सरोकार समाज कोरिया (क्षेत्रिय संस्था)को सहकार्यमा कोरियाको प्रदर्शन सर्वाधिकार लिएर अन्य शहरमा फिल्म बितरण गरिरहेको छ। पहिलो शो पछि कोरियाको अन्य दर्जन बढी शहरको शोको लागि  बुकिङ धमाधम भइ रहेकोछ।
उपेन्द्र सुब्बाको  पहिलो फिल्म “जारी” ले नै बक्स अफिसमा ठूलो सफलता पाएको थियो। अब उनको दोस्रो निर्देशकीय फिल्म ‘मनसरा’ आगामी बैशाख २१ गतेबाट विश्वभर प्रदर्शन हुँदैछ।

Write your comment