योङ्हाङ समाजद्वारा चुम्लुङ कोरियालाई एक जोर 'के'  च्याब्रुङ हस्तान्तरण  


 

किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियालाई योङ्हाङ समाजले एक जोर 'के ' हस्तान्तरण गरेको छ। दोङ्देमून स्थित निक नेपाल ट्राभल्सको हलमा योङ्हाङ समाजको प्रथम वार्षिक उत्सव कार्यक्रममा 'के' हस्तान्तरण गरिएको थियो। 

योङ्हाङ समाजका अध्यक्ष सरोज योङहाङले र वरिष्ठ सल्लाहकार नरेन्द्र योङहाङले संयुक्त रुपमा च्याब्रुङ हस्तान्तरण गरेका थिए भने चुम्लुङ अध्यक्ष विनोद सौदेन र पूर्व अध्यक्ष सन्तोष मादेनले ग्रहण गरेका थिए। 

कोरियामा च्याब्रुङको आवश्यकता रहेको र त्यो पूरा गरेको प्रति योङहाङ समाजलाई अध्यक्ष सौदेनले आभार व्यक्त गरेका थिए। यसैगरी पूर्व अध्यक्ष सन्तोष मादेनले सयङहरुले गर्ने यस्ता सहयोगले चुम्लुङलाई गतिशिल बनाउने र यस्तो काम अन्य सयङहरुले पनि अनुशरण गरे उपयुक्त हुने बताएका थिए।

Write your comment