


किरात याक्थुङ चुम्लुङ, दक्षिण कोरिया
Kirat Yakthung Chumlung, South Korea

किरात याक्थुङ चुम्लुङ कोरियाले केलाङ प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ। सुवन स्थित उरी हिमालयन सभा हलमा आयोजित समापन कार्यक्रममा प्रशिक्षक एवम प्रशिक्षार्थीहरुलाई सम्मान साथै प्रमाणपत्र वितरण गरिएको थियो।
अप्रील २७ देखि जुन १५ सम्म सुवन स्थित भेटघाट रेस्टुरेण्टको सभाहलमा हरेक आइतवार प्रशिक्षण सञ्चालन भएको थियो। साँकृतिक विभाग प्रमुख सरोज योङहाङले बताएका छन्। उनले कोरियामा व्यस्त समयका बाबजूत केलाङ प्रशिक्षणमा सहभागिता जनाउने सबैलाई धन्यवाद ज्ञापन गरेका छन्।
एक महिना सञ्चालन हुने यस कार्यक्रममा मुख्य प्रशिक्षक घनेन्द्र केरुङ, थिए भने दीर्ज काङ्भा, बिरेन लिङ्देन र उत्तम लिम्बू लगायतले सहायक प्रशिक्षकको रुपमा प्रशिक्षण दिएका थिए।