कोरियामा डिसेम्बर ७ तारिख चासोक मनाइदै, सम्पूर्ण तैयारी पूरा


दक्षिण कोरियामा डिसेम्बर ७ तारिख आइतबारका दिन चासोक तङनाम मनाइने भएको छ। उक्त दिन चुम्लुङ कोरिया सौल केन्द्रले चासोक मनाउने भएको हो। यस वर्षको चासोक तङमान  दोङ्देमुन स्थित 동대문구 청량리동 774 버지 मा मनाइने छ। विगतका वर्षहरुमा झै यो वर्षपनि विभिन्न साँस्कृतिक झाँकी, मौलिक लिम्बू परिकारको साथमा तङनाम मनाइने तयारी पूरा भएको  छ।

चासोक तङनाममा कोरियामा रहेका गायक पेपराज माबोहाङ, भीमसागर मादेम्बा, इन्द्र सम्बाहाङ्फे,   मिथुन तुम्बापो र मन्दिरा नेम्बाङको सांगीतिक प्रस्तुति रहनेछ भने केलाङ र धान नाच समेत रहने छ। चासोक सेवा अनुष्ठान गर्ने कार्यक्रम सँगै लिम्बू मौलिक परिकार याङ्बेन, तिते, फाक्सा आदि पनि रहने छ। 

लिम्बू समुदायमा नयाँ अन्नबाली पितृहरुलाई चढाएर मात्र ग्रहण गर्ने परम्परा रहिआएको छ यसैलाई चासोक भनिन्छ। लिम्बू समुदायले चासोकलाई विशेष चाडको रुपमा विश्वभर मनाउने गरेका छन्।

Write your comment